काठमाडौ प्रवेश गर्ने टिपरमा नयाँ नियम लागू गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवसायीहरूसँग छलफल गरेर नयाँ नियम लागू गर्ने निर्णय गरेको हो । "/>

काठमाडौ भित्रने टिपरमा नयाँ नियम लागू

काठमाडौ भित्रने टिपरमा नयाँ नियम लागू


काठमाडौ प्रवेश गर्ने टिपरमा नयाँ नियम लागू गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवसायीहरूसँग छलफल गरेर नयाँ नियम लागू गर्ने निर्णय गरेको हो । अब उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडि दुवै भागमा नम्बर प्लेट राख्नुपर्नेछ ।

यसै गरी टिपरले अगाडिपट्टि  सिसामाथि सजाउन राखिएको झल्लरी हटाउनु पर्ने, ठूलो आवाजमा गीत, संगीत सुन्न राखिएका उफर हटाउनुपर्ने र लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने नयाँ नियम ल्याइएको छ । १५ दिनभित्रै यी नियम लागू गरिने महाशाखाले जनाएको छ ।

यसैगरी काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छत पनि हटाउने निर्णय भएको छ

Logo