सिद्धार्थ बैंकको लाभांश पारित

सिद्धार्थ बैंकको लाभांश पारित


काठमाडौं,

सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० रुपैयाँको १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बोनस सेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे सभाले ०७६ असोज मसान्तसम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ । हाल सम्म १ सय १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको पनि बैंकले जनाएको छ ।

Logo