#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व78148537578579181164726
नेपाल5041

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशन पुसमा हुने

काठमाडौं

“गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, निती निर्माणमा पहुँच, साङ्गठनिक आधार” भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी पौष २८ र २९ गते काठमाडौँमा सम्पन्न हुँदैछ ।

उक्त महाधिवेशनमा १५ हजार व्यावसायीक सदस्यहरू मध्ये ७० जिल्ला र प्रदेश गरी ५५० जना प्रतिनिधि र त्यतिनै सङ्ख्यामा पर्यवेक्षक उपस्थित हुँदैछन् । महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । साथै उक्त समिति अन्तर्गत १३ वटा उपसमिति पनि गठन भएको प्रचार प्रसार समितिका संयोजक एवं सचिव पुष्पराज पौडेलले जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार