काठमाडौं उपत्यकामा आज २०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २०८ जना कोरोना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९६ हजार ३० जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७८१ जना कोरोना संक्रमित छन् । ललितपुरमा १५ हजार ६८ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २० हजार ५२८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ जना पुगेको छ । आज ४८१ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ । आज निको हुनेको संख्या ७३१ रहेको छ ।

आजको पिसिआर परीक्षण ३ हजार ८२८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख ९ हजार ६५४ रहेको छ । आज ६ हजार ४९३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo