जेनिथ युथ ग्रुपको विशेष देउसीभैलो कार्यक्रम

जेनिथ युथ ग्रुपको विशेष देउसीभैलो कार्यक्रम


  • ज्ञानमणि नेपाल कालोटोपी
    काठमाडौं,

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जेनिथ युथ ग्रुपद्वारा सन्देशमुलक देउसीभैलो कार्यक्रमको आयोजना गरिएको छ । भ्रमणवर्ष ०२० को लोगो र Naturally Nepal (नेचुरल नेपाल ) लेखिएको विशेष लोगो अंकित टिसर्ट लगाएका दर्जनौं युवाहरुले यसकिसिमको देउसी भैलोको आयोजना गरेका हुन् ।

राष्ट्रका लागि युवा नारासहित खेलिएको देउसीभैलो कार्यक्रमबाट संकलित रकम अनाथालय, आश्रमगृह तथा सुधारगृह लगायत विभिन्न सामाजिक काममा खर्च गरिने संस्थाका अध्यक्ष मिलन नेपालले जानकारी दिए । भ्रमण वर्ष सफल बनाउन सबै युवाहरुले आआफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउन समेत नेपालले अनुरोध गरेका छन् ।

शुभदीपावलीको अवसरमा विभिन्न संघसंस्था वा व्यक्तिले देउसीभैलो कार्यक्रम गरिरहेको सन्दर्भमा यस ग्रुपले मनोरन्जन पनि गर्ने र पर्यटन प्रर्बधनमा सन्देश पनि पुर्याउने उद्देश्यले कार्यक्रम गरेको हो । हिजोआज विभिन्न संघसस्थाहरुले मौलिकपन र संस्कृतिलाई विर्सिरहेको बेला जेनिथका युवाहरुले भने मौलिकपन झल्किने गरि देउसीभैलो कार्यक्रमको आयोजना गरेका हुन् ।

उनीहरुको मुख्य उद्देश्य सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु रहेको बताइएको छ । सरकारले भ्रमण बर्ष बारे पूर्वी क्षेत्रमा पर्यटनको प्रचार प्रसारमा त्यस्तो ठोस काम गर्न नसकेको अवस्थामा आफ्नो गाउँलाई पनि पर्यटन क्षेत्रको रुपमा विकास गर्न संस्कृतिको जर्गेना गर्दै सचेतना सहितको देउसी कार्यक्रम गरिएको युवाहरुले बताए ।

Logo