पूर्व सभासद सुवेदीको निधन

पूर्व सभासद सुवेदीको निधन


पूर्व सभासद कमला सुवेदीको शनिबार बिहान निधन भएको छ । ब्रेन ट्युमरको समस्याबाट पीडित सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।

तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीशनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ।  उहाँको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए ।

उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ता पुगेका थिए । रामेछापको मन्थली  घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा छन् ।

Logo