प्रदेश नं. १ : मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश नं. १ : मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


विराटनगर ।

प्रदेश नं. १ मा नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । यस समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । ‍‍‍

मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

आज उनै निलम्बित मन्त्री इन्द्रबहादुर आङ्बोको अगुवाइमा बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थकमा लक्ष्मण तिवारी रहेका छन् । यससँगै दाहाल–नेपाल समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने भएको छ ।

प्रदेश नं. १ मा ९३ सदस्य छन् । जसमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् ।

Skip This
Logo