पक्राउ परेसँगै दुर्गेशले तिहार गीत यूट्यूबबाट हटाए

पक्राउ परेसँगै दुर्गेशले तिहार गीत यूट्यूबबाट हटाए


काठमाडौं । गायक दुर्गेश थापाले तिहार गीत यूट्यूबबाट हटाएका छन् । ह्याप्पी तिहार, चिसो बियर बोलको गीत यूट्यूबबाट हटाएका हुन् । उक्त गीतले सामाजिक मर्यादा भुलेको भन्दै उजुरी परेपछि थापालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको केही समयमै थापाले उक्त गीत हटाएका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा रहेका थापाले प्रहरीको अनुरोधमा गीत हटाएका हुन् । गीत हटाएपछि प्रहरीले आफूलाई छाड्ने थापाले आश गरेका छन् । थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति बिगारेको आरोप छ ।

गीतमा बियरको प्रचार पनि गरिएको छ । यूट्यूबमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएपछि थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए ।

गायक दुर्गेश थापा पक्राउ

Logo