एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती


काठमाडौँ,

एभरेस्ट बैंकले २५ औं स्थापना दिवसको अवसरमा लाजिम्पाटस्थित आफ्नो प्रधान कार्यालयमा नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ । बैंकले रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो ।

समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । १ हजारभन्दा बढी मानिसहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए ।

सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पु¥याइरहेका कर्मचारीहरूलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरूमा पनि पुराना ग्राहकहरूलाई सम्मान गर्दै २५ औं वार्षिकोत्सव मनाइएको छ ।

Logo