यू–१९ एएफसी च्याम्पियनसीप छनोटका लागि खेलाडीको सूची सार्वजनिक (नामावलीसहित)

यू–१९ एएफसी च्याम्पियनसीप छनोटका लागि खेलाडीको सूची सार्वजनिक (नामावलीसहित)


यू–१९ एएफसी च्याम्पियनसीप २०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय खेलाडीको सूची सार्वजनिक भएको छ ।

प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट आज ३१ जनाको सूची सार्वजनिक गरेका हुन् । इरानमा हुने छनोट खेल नोभेम्बर ६ देखि शुरु हुने छ । समूह ‘डी’ मा नेपालसहित युएई, इरान र काजकिस्तान छन् । अघिल्लो महिना नेपालमै भएको साफ यू–१८ खेलेका अधिकांश खेलाडी ३१ सदस्यीय टिममा अटाएका छन् ।

गोलकिपरमा विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना छन् । डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गरुङ, एन्जल महर्जन, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, विजय श्रेष्ठ, निराजन महर्जन छन् ।

मिडफिल्डमा दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गूरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेम्जन छन् । फरवार्डमा ब्रिजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर छन् ।

Skip This
Logo