फ्राइडे फिल्म : शुभेच्छा थापाको ‘लक्ष्मी रानी’

फ्राइडे फिल्म : शुभेच्छा थापाको ‘लक्ष्मी रानी’


काठमाडौं,

कार्तिकको पहिलो साता अर्थात कार्तिक १ गते शुक्रबार (आज) लक्ष्मी रानी प्रदर्शनमा आउदैछ ।

अभिनेत्री शुभेच्छा थापाको अभिनय तथा निर्देशित रहेको यो चलचित्र आजदेखि रिलिज हुन लागेको हो । चलचित्रमा अभिनेत्री शुभेच्छाका साथै कलाकारहरु धिरेन शाक्य, जयकिसन बस्नेत, श्याम राई, शारदा गिरी, खगेन्द्र नेपाल, रस्मी भट्ट साथै भोजपुरी सुपरस्टार परदेशी साहको पनि मुख्य भूमिकामा अभिनय देख्न सकिनेछ ।

शुभेच्छा सिने फ्रेमको प्रस्तुति लक्ष्मी रानीको लेखन, निर्देशन तथा निर्माता शुभेच्छा थापा नै हुन् भने यसको परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी रहेका छन् । नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ । लक्ष्मी रानी देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो ।

यो नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । यस चलचित्रमा एउटी नारीले कसरी गाउँले जीवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नु परेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।

Skip This
Logo