काठमाडौंमा तीन देशको वृहत्त कला प्रदर्शनी हुने

काठमाडौंमा तीन देशको वृहत्त कला प्रदर्शनी हुने


काठमाडौं । काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने भएको छ । सर्वभारतीय संगीत ओ संस्कृति परिषद्को आयोजनामा असोज ३० देखि बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने भएको हो ।

कार्यक्रममा मोडर्न आर्ट, ग्राफिक्स पेन्टीङ्, ग्राफिक डिजाइनका साथै फोटोग्राफीको प्रदर्शन हुनेछ । नेपालको तर्फबाट सोसाइटी अफ मोर्डन आर्ट (शोमा) का कलाकारहरुले सहभागिता जनाउने वरिष्ठ करकार नरेश सुन्दर सैंजु बताउँछन् । उनी भन्छन्, “यो प्रदर्शनी एक किसिमले कलाको कुम्भमेला नै हो। ”

प्रदर्शनीमा भारतका ७२ जना, नेपालका १४ र बंगलादेशका ४ जना कलाकारहरु सहभागि हुनेछन् । उक्त कार्यक्रम कला शिविर परिसर कोलकत्तामा पनि आयोजना हुनेछ ।

कार्तिक ३ गतेसम्म संचालन हुने प्रदर्शनीमा नेपाल, भारत र बंगलादेशका ९० कलाकारको सहभागिता रहने छ ।

Logo