भारतीय गायक टोनी कक्कर नेपाल आउने

भारतीय गायक टोनी कक्कर नेपाल आउने


भारतीय गायक टोनी कक्कर नेपाल आउने भएका छन् । आउँदो अक्टुबर २५ मा ‘क्लब फरेनहाइट’मा हुने कार्यक्रमका लागि कक्कर नेपाल आउँन लागेका हुन् । उनले ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीतहरु प्रस्तुत गर्ने आयोजक सीएनआई इभेन्ट्सले जनाएको छ।

उनी गत सेप्टेम्बरमै नेपाल आउने भनिएको थियो । तर, प्राविधिक कारण भन्दै उनी नेपाल आएका थिएनन।  त्यसबखत उनले नेपाल आउँन नपाएको दु:ख व्यक्त गरेका थिए ।

पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केही समय अघि मात्र सनी लियोनी नेपाल आएकी थिइन् ।

Skip This
Logo