सी को बिदाईका लागि ओछ्याइएको रेड कार्पेटमा देखियो सर्प

सी को बिदाईका लागि ओछ्याइएको रेड कार्पेटमा देखियो सर्प


काठमाडौं । चिनियाँ राष्ट्रपतिको बिदाईका लागि बिछ्यायएको रेड कार्पेटमा सर्प देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाईका लागि बिछ्याइएको रेड कार्पेटमा सर्प देखिएको हो ।

सी विमानस्थल पुग्नु केही मिनेट अघि रेड कार्पेटमा सर्प हिँडेको हो । उक्त सर्पलाई त्यहाँ तैनाथ सुरक्षाकर्मीले भगाएका थिए । यसअघि मार्च १५ मा अमेरिकाबाट फकिर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि बिछ्याइएको रेड कार्पेटमा समेत सर्प देखिएको थियो ।

स्वागतका लागि विशिष्ठ व्यक्ति आउने क्रम जारी रहेका बेला सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखिएको थियो । उक्त सर्पले एकछिन रेड कार्पेटमा रमिता नै देखाएको थियो ।

सर्पको रमिता देखेर त्यहाँ उपस्थित व्यक्तिहरु समेत रमाएका थिए । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गरेका थिए । त्यो बेला देखिएको सर्प आफैं भागेको थियो । भने सी को स्वागतमा बिछ्याइएको रेड कार्पेटमा देखिएको सर्पलाई भने सुरक्षाकर्मीले भगाएको थियो ।

जब राष्ट्रपतिको लागि विछ्याईएको रेड कार्पेटमा सर्प देखियो…

यसरी देखियो राष्ट्रपतिका लागि विछ्याईएको रातो कार्पेटमा सर्प (भिडियोमा)

Logo