दशैंको टीका जमरा लगाउने क्रम आज पनि जारी

दशैंको टीका जमरा लगाउने क्रम आज पनि जारी


काठमाडौं । विजयादशमीको टीका जमरा लगाउने क्रम आज पनि जारी छ । दसैँको टीकाका लागि मुख्य शुभसाइत हिजो दशमीका दिन रहे पनि कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने गरिन्छ ।

आज एकादशीका दिन पनि मान्यजनसँग टीका जमरा लगाएर आशीर्वाद लिइन्छ । सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास अनुसार यो पर्व भब्यरुपमा मनाइन्छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाइन्छ ।

Logo