बालविवाह गर्दा गर्दै दुलहादुलहीसहित ७ जना पक्राउ, पण्डित पनि फन्दामा

बालविवाह गर्दा गर्दै दुलहादुलहीसहित ७ जना पक्राउ, पण्डित पनि फन्दामा


सल्यान । बालविवाह गर्ने जोडीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ चाँदेकरञ्जीबाट बेहुला बेहुलीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालविवाह हुँदैगरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा वेहुला र वेहुलीसहित उनीहरुका आमाबुवा र पण्डित समेत छन् ।

१९ वर्षीय वेहुला र १९ १९ वर्षीया वेहुली सहित बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, वेहुलीका वुवा रत्न बहादुर रावत र कलौटी रावत छन् । यसैगरी जाजरकोट कुसे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नवीन आचार्य पनि पक्राउ परेका छन् ।

उनीहरूको बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको थियो । केटी पक्षको घरमा विवाहको सम्पुर्ण काम पूरा गरी विवाह गर्ने र गराउने टोली केटाको घरमा पुगिसकेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उनीहरू सबैलाई दुलाहको घरमा विवाह समारोह भइरहेको बेला पक्राउ गरिएको बताए । पक्राउ परेका आरोपीहरुलाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

नेपालको कानुनले बालविवाहमाथि प्रतिबन्ध लगाएको छ । बालविवाह गराउनेहरुलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने प्रावधान छ ।

Logo