पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि आक्रमण भएको छ।  आक्रमणबाट घाइते भएका उनको गण्डकी क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

उनले विमानस्थल निर्माणको ठेक्का पाएको कम्पनीका कर्मचारीहरुले नै आक्रमण गरेको बताएका छन् । उनका अनुसार कमल कार्की, सागर मोहन, सोेबेन्द्रराज जोशी लगायतले उनीमाथि आक्रमण गरेका हुन् ।  आफूमाथि रड र बोत्तल प्रहार भएको उनले बताए ।

उक्त कम्पनीले विमानस्थलमा सिआरएन्सी, स्लेट जेभीले विभिन्न भौतिक संरचना निर्माणको काम गरिरहेका छन् । कामको गुणस्तरमाथि प्रश्न उठाउँदा आफूमाथि आक्रमण भएको कार्कीको दावी छ ।

Logo