कश्मीरमा भारतीय सुरक्षाफौज–विद्रोही भिडन्त

कश्मीरमा भारतीय सुरक्षाफौज–विद्रोही भिडन्त


श्रीनगर,

जम्मु–कश्मीरको रामबान जिल्लामा भारतीय सुरक्षा फौजले मुठभेडको क्रममा तीनजना विद्रोहीको मृत्यु भएको जनाएको छ । प्रहरीले आफ्नो तर्फबाट एक सिपाहीको पनि मृत्यु भएको जनाएको छ ।

जम्मु कश्मीरस्थित सैनिक प्रवक्ता कर्नेर देवेन्द्र आनन्दका अनुसार दुई प्रहरी घाइते भएका थिए । विद्रोही समुहले श्रीनगर जाँदै गरेको यात्रुवाहक बसलाई हाइवेमा रोकिदिँदा भिडन्त भएको प्रहरीको भनाइ छ ।

भारतीय सेनाकै पोशाकमा आएका विद्रोहीहरुसँग दिउसो १२ बजेपछि भिडन्त भएको बताइएको छ ।
एजेन्सी

Logo