चालु आर्थिक वर्षकाे पाँच महिनामै ३३ अर्ब ४ करोडको खाद्यान्न आयात

चालु आर्थिक वर्षकाे पाँच महिनामै ३३ अर्ब ४ करोडको खाद्यान्न आयात


काठमाडौं ।

चालु आर्थिक वर्षकाे पाँच महिनामै ३३ अर्ब ३ करोड ९३ लाख ५४ हजार रुपैंयाँको खाद्यान्न (चामल, गहुँ, मकै, कोदो, जौ) आयात भएकाे छ । जस मध्ये १८ अर्ब रुपैयाँको चामल मात्र आयात भएको छ ।

चार महिनामा २५ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको थियो । कृषिप्रधान मुलुक नेपालले स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो परिणाममा चामल आयात गरेको हो ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैंयाँ बराबरको चामल आयात भएको विभागको तथ्यांक छ । भारतबाट चामल आयात भएको हाे ।

कात्तिक महिनासम्म १३ अर्ब रुपैंयाँको आयात भएको थियो । एक महिनामा पाँच अर्ब रुपैंयाँ बढीको आयात भएको छ । सरकारले खाद्यान्नमा मुलुक आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि स्थानीय उत्पादनले माग धान्न सकेपछि ठूलो परिमाणमा चामल आयात भएको हो ।काराेबारबाट

Skip This
Logo