चलचित्र काले दाइको गीत सार्वजनिक

चलचित्र काले दाइको गीत सार्वजनिक


काठमाडौं । नेपाली चलचित्र ‘काले दाइ’ को गीत ‘यो दुनियाँ मेरा लागि’ सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । पवनवाङ लामाको संगीत रहेको गीतमा इन्द्र रामजालीको शब्द रहेको छ ।

उक्त गीतलाई नेपाल आइडल सिजन १ का सुरज थापाले गाएका हुन् । शिव शर्माद्वारा निर्मित चलचित्र ‘काले दाइ’ फूलपातीको अघिल्लो दिन अर्थात असोजको १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । गीतको भिडियोमा फिल्कका केही दृश्यहरू समावेश गरिएको छ ।

जातीय प्रेम कथामा आधारित चलचित्रमा इन्द्र रामजाली, अनु पराजुली, शिशिर भण्डारी, रामचन्द्र अधिकारी, शारदा गिरी, भूमिका श्रेष्ठ, आशिस भट्टराई लगायत कलाकारको अभिनय रहेको छ । शिव शर्मा निर्देशित फिल्म एक कालो वर्णको युवकको जीवनमा आउने उचार चढावमा केन्द्रित छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मा सम्शेर गुरुङ र इन्द्र रामजालीको लगानी छ । इन्द्र र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियाग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

Logo