मण्डनदेउपुरमा पनि सुपथ मूल्य पसल संचालनमा

मण्डनदेउपुरमा पनि सुपथ मूल्य पसल संचालनमा


  • ज्ञानमणि नेपाल कालोटोपी
    चण्डेनीमण्डन, काभ्रे ,

जिल्लाको मण्डनदेउपुर नगरपालिका १० मा रहेको चण्डेनीमण्डन सानाकिसान कृषि सहकारी संस्थाद्वारा सुपथ मुल्य पसल संचालनमा आएको छ । चार्डपर्व लक्षित सुपथ मूल्य पसल शुक्रबारदेखि संचालनमा आएको हो ।

मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइवाले उद्घाटन गर्नु भएको सो सुपथ मूल्य पसलबाट सर्वसाधारणले दैनिक आवश्यकिय सामानहरु सहुलियत दरमा पाउने संस्थाका अध्यक्ष सुमन नेपालले जानकारी दिनुभयो । यो पसलमा चीनी प्रतिकेजी ८०, भटमासको तेल प्रतिलिटर १३५, तोरीको तेल १५५ तथा सूर्यमुखि तेल १४७ रुपैयाँ प्रतिलिटरमा पाइने बताइएको छ । यस्तै जिरामसिनो चामल प्रतिबोरा १६३०, मासको दाल प्रतिकेजी १०८ र मुसुरोको दाल ८० रुपैयाँ केजीमा पाइनेछ ।

यस्ता सुपथ पसलहरुले गाउँमा पनि शहर बजारकै दरमा सामान किन्न सकिने र यो एकदमै सान्दर्भिक रहेको मेयर वाइवाले बताउनु भयो । अहिले चार्डपर्व लक्षित खोलिएपनि यसलाई सधैंभरि निरन्तरता दिइने संस्थाका अध्यक्ष नेपालले बताउनु भयो । सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा उपमेयर निर्मला शाही , वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपाल लगायतको उपस्थिती रहेको थियो ।

Logo