ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर बेचेपछि….

ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर बेचेपछि….


इलाका प्रहरी कार्यालय कोहलपुरले ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर बेच्ने २ जना भारतीयलाई पक्राउ गरेको छ । ब्वायलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्ला भन्दै बेचिरहेका उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीका अनुसार सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका हुन् ।उनीहरुको साथबाट करिब एक सयजति चल्ला बरामद गरिएको छ ।

Logo