चाडपर्वमा हवाई भाडा १० प्रतिशत छुट

चाडपर्वमा हवाई भाडा १० प्रतिशत छुट


काठमाडौं,

दशैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर वायुसेवा सञ्चालक सङ्घले साधारण हवाई भाडामा दस प्रतिशत छुट दिने निर्णय गरेको छ ।

सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै सङ्घका सबै नियमित उडान गर्ने वायुसेवा कम्पनीको जहाजमा यस्तो छुट दिने घोषणा गरेको हो । यस्तो छुट आगामी असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म दिने निर्णय गरेको हो ।

ग्राहकले यस्तो छुटका लागि कम्पनीको काउन्टरबाट टिकट खरिद गरेको हुनु पर्नेछ । सङ्घका अनुसार विमानस्थल शुल्क र ईन्धन शुल्कबाहेकको भाडादरमा मात्र यस्तो छुट हुने स्पष्ट पारेको छ ।

Logo