पाकिस्तान कहिल्यै परमाणु युद्ध सुरु गर्दैन : इमरान खान

पाकिस्तान कहिल्यै परमाणु युद्ध सुरु गर्दैन : इमरान खान


इस्लामाबाद,

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरि भारतसँग युद्धको सम्भावना रहेको बताएका छन् । उनले कश्मीरको विषयलाई लिएर परमाणु युद्ध हुने सम्भावनाको संकेत गरेका हुन् ।

अलजजिरालाई दिएको अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । यस क्रममा उनले भारतसँग परम्परागत युद्ध भएको खण्डमा आफूहरुले हार्ने स्वीकार पनि गरे । तर युद्धको असर अनपेक्षित हुने भन्दै उनले आफू शान्तिवादी भएको प्रतिक्रिया दिएका छन् ।

‘केही भ्रम छैन, मैले के भनेँ भने पाकिस्तान कहिल्यै परमाणु युद्ध सुरु गर्दैन । म शान्तिवादी हुँ । म युद्धविरोधी हुँ । युद्धले समस्या समाधान हुँदैन भन्ने मेरो मान्यता हो,’ खानले भने ।

भियतनाम, इराकमा भएको युद्धको प्रसंग सुनाउँदै उनले युद्धबाट अन्य समस्या निम्तिने बताए । पाकिस्तान स्वतन्त्रताको लागि अन्तिमसम्म लड्न सक्ने तर अवस्था भयावह हुने भन्दै खानले चिन्ता व्यक्त गरे ।
एजेन्सी

Logo