कश्मीरका केटाकेटीबारे मलालाको चिन्ता

कश्मीरका केटाकेटीबारे मलालाको चिन्ता


इस्लामाबाद,

नोबेल शान्ति पुरस्कार विजेता तथा अभियन्ता मलाला युसुफजाइले कश्मीरका बालबालिकालाई स्कुलमा फर्काउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेकी छिन् ।

लामो समयदेखि स्कुल जान नपाएका कश्मीरका केटाकेटीलाई सुरक्षित रुपमा स्कुल फर्काउने काममा मद्दत गर्न संयुक्त राष्ट्रसंघलाई उनले आग्रह गरेकी हुन् । ‘कश्मीरमा शान्ति स्थापनाका लागि काम गर्न म नेताहरुलाई सोध्दैछु, कश्मीरको आवाज सुन्नुस् । र बालबालिकालाई सुरक्षित रुपमा स्कुल फर्कन सघाउनुस्,’ मलालाले भनेकी छिन् ।

२२ वर्षीया अभियन्ता मलालाले ट्वीटर मार्फत यस्तो आग्रह गरेकी हुन् । ४० दिन भन्दा धेरै समयदेखि स्कुल जान नपाएका बालबालिकाबारे मलालाले चिन्ता व्यक्त गरेकी हुन् । उनले यसअघि पनि कश्मीरका बालबालिकाको सुरक्षाबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष चासो र चिन्ता प्रकट गरेकी थिइन् ।
एजेन्सी

Logo