चर्चित नेपाली ब्याण्डहरु जो हराए (भिडियो रिपोर्ट)

चर्चित नेपाली ब्याण्डहरु जो हराए (भिडियो रिपोर्ट)


  • प्रसुन संग्रौला-

भनिन्छ, सबै कुराको समय हुन्छ । आजको कुरा भोलि नदेखिन सक्छ, आज संसारभर झ्याली पिटिरहेको कुरा भोलि अनायास हराउन सक्छ ।

जसरी कुनै बेला बजार खाएका क्यासेट, क्यासेट प्लेयर, पेजर, टाइपराइटर आदि आज इतिहास भए । यसरी हराउने कुरा सबैमा लागू हुन्छ, खालि समय कति हो भन्ने मात्र फरक पर्छ । कुनैको आयु छोटो हुन्छ भने कुनैको केही लामो ।
हराएका कुरालाई बिस्तारै सबैले बिर्सन्छन् । तर आफ्नो जीवनमा त्यस कुराले गहिरो प्रभाव पारेको छ भनेचाहिँ आक्कलझुक्कल यादमा आइरहन्छन् । सबै कुरामा लागू हुने यो नियम नेपालको सांगीतिक क्षेत्रमा पनि लागू नहुने कुरै भएन । अझ विशेष गरी नेपाली ब्याण्डहरूका हकमा यो नियम बढी लागू भएको देखिन्छ ।

युवा अवस्थाको जोस र संगीतप्रति उच्च लगाव भएका कारणले ब्याण्ड सञ्चालन गरिन्छ । पछि ब्याण्डका सदस्यहरूबीच विचार नमिल्ने, कोही अध्ययनको लागि विदेश जाने हुन्छन् । यसरी कोही कता कोही कता लाग्ने र पहिलेजस्तो जोस पनि नरहने हुँदा आशलाग्दा नेपाली ब्याण्डहरू छिन्नभिन्न भएका देखिन्छन् ।

कुनै बेला निकै चर्चामा रहेका त्यस्ता ब्याण्डको नाम हिजोआज त्यति सुनिँदैन । पुराना दर्शक, श्रोतामाझ उनीहरूको स्मृतिमा केही अंशमा जीवित रहे पनि अहिलेका पुस्ता ती ब्याण्डका जगजगीबाट बेखबर छन् ।

आज हामीले यसै विषयमा एक रिपोर्ट तयार पारेका छौँ ।

 

Logo