इन्द्रजात्रा हेर्न पुगेका पूर्वडीआईजीसहित केही व्यक्ति पक्राउ

इन्द्रजात्रा हेर्न पुगेका पूर्वडीआईजीसहित केही व्यक्ति पक्राउ


काठमाडौं । पूर्वडीआईजी विजयराज भट्टसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्द्रजात्रा हेर्न पुगेका बसन्तुपर क्षेत्र पुगेका पूर्वडीआईजी भट्टसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वडीआइजी भट्टसँगै, पूर्व मेजर केशव बस्नेत लगायत रहेका छन् । भुगोल पार्क क्षेत्रबाट प्रहरीले माथिको आदेशभन्दै उनीहरूलाई पक्राउ गरेर पुलिस क्लबमा राखेको छ । प्रहरीले सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको उनको दाबी छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले उच्छ्रृंखल गतिविधिमा संग्लन भएकालाई पक्राउ गरिएको बताए । इन्द्रजात्रा अवलोकन गर्न गएकाहरुमाथि प्रहरीले धरपकड गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Logo