अरूभन्दा सस्तोमै चढ्न पाइने भो विद्युतीय बस (तस्बिर र भिडियो)

अरूभन्दा सस्तोमै चढ्न पाइने भो विद्युतीय बस (तस्बिर र भिडियो)


काठमाडौं । काठमाडौंमा दुई वटा विद्युतीय बस सेवा संचालनमा आएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लब कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गरेका हुन् । सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको सो विद्युतीय बस काठमाडौंको चक्रपथमा संचालन हुने रुट परमिट लिइएको छ ।

एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस संचालन भएको भक्तपुरको सूर्यविनायकसम्म पनि सो बस संचालनमा ल्याउनका लागि सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

सो बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ । अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाँडामा भन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको बताए । काठमाडौंमा हुने वायू र ध्वनी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ सो यातायात सेवा पनि संचालनमा ल्याइएको हो ।

सुन्दर यातायातले थप ११ वटा सो बस चीनबाट झिकाउने योजना पनि बनाएको छ । अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि सो बस संचालनका लागि समझदारी गरिएको बताए । काठमाडौंमा केही दिन भित्र थप २ वटा बस पनि संचालनमा ल्याउने तयारी गरिएको छ । चीनको विके कम्पनीबाट झिकाइएको सो विद्युतीय बस ब्याट्रीमार्फत् चार्ज हुनेछ ।

 

Logo