नेपालमा आज ७४३ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ७४३ जना कोरोना संक्रमित थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ । आज ७४३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । आज निको हुनेको संख्या ९५२ रहेको छ ।

आजको पिसिआर परीक्षण ६ हजार ५५९ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ९० हजार ७४० रहेको छ । आज ७ हजार ५१५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज ३१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९५ हजार २३५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७२१ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ९२५ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १९ हजार ५३० पुगेको छ ।

Logo