छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा

छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा


मकवानपुरकाे राक्सिङ गाउँपालिकाले भदौ २२ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

चेपाङ जातिको छोनाम पर्व गरेकाले साेही अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ती जारी गर्दै २२ गते न्वागी पनि परेकाले न्वागी उत्सव गरिने बताएका छन्‌ ।

प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीका अनुसार उक्त गाउँपालिकामा कुल जनसंख्याको करिब ४० प्रतिशत वासिन्दा चेपाङ समुदायका छन् ।

 

Logo