३ सय ३१ जना सांसदहरुको भिडियो प्रोफाइल तयार

३ सय ३१ जना सांसदहरुको भिडियो प्रोफाइल तयार


काठमाडौँ,

संघीय संसद् सचिवालयले पहिलोपटक सांसदहरूको विस्तृत विवरण समावेश गरेको भिडियो बायोग्राफी तयार गरेको छ। सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३१ सांसदको भिडियोग्राफी तयार गरेको हो ।

विगतमा सांसदहरूको बायोग्राफी किताबका रूपमा प्रकाशित हुने गरेको थियो । तर सचिवालयले सामाजिक सञ्जालमार्फत पनि सांसदको जीवनीका बारेमा जानकारी दिने उद्देश्यले चार मिनेटको भिडियो तयार गरेको हो ।

सचिवालयले संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छांयाकन गरेको भिडियोमा सांसदको नाम, हाल निर्वाचित राजनीतिक दल, निर्वाचन क्षेत्र , हालको पद, संसदीय समितिको नाम र समितिको पदको विषय भिडियोमा समावेश गरेको छ।

त्यसैगरी भिडियोमा जन्ममिति, जन्मस्थान, बुबाको नाम, आमाको नाम, प्रारम्भिक शिक्षा, विद्यालयको नाम, उच्च शिक्षा अध्ययन गरेको विषय, वैवाहिक जीवन, श्रीमान, श्रीमतीको नाम, छोराछोरीको संख्या भिडियोमा हेर्न सकिन्छ। सांसदको बायोग्राफीमा सांसदको जेल जीवन, भूमिगत, निर्वासन र बन्दी जीवन मितिसहित समावेश गरिएको छ।

पहिलोपटक नयाँ प्रयोग गर्दै संसद् सचिवालयले प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्री, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, राज्यमन्त्री, सहायकमन्त्री सांसद भएको भए मितिसहितको विवरण पनि समावेश गरिएको छ।
नेपाल समाचारपत्रबाट

Logo