गण्डकी प्रदेशले १ करोड ८० लाख रूपियाँका वोयर बोका ल्याउने

गण्डकी प्रदेशले १ करोड ८० लाख रूपियाँका वोयर बोका ल्याउने


तनहुँ,
गण्डकी प्रदेश सरकारले बाख्राको मासुमा आत्मनिर्भर बन्न एक करोड ८० लाख रूपैयाँको वोयर जातको बोका खरीद गर्ने भएको छ ।

जनही तीन लाखको दरले ६० वटा वोयर बोका खरीदका लागि उक्त वजेट व्यवस्था गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शुद्ध वोयर अष्ट्रेलियाबाट आयात गरिने भएको छ । उक्त बोका गण्डकी प्रदेशमा प्रजननको लागि व्यवसायिक रुपमा उन्नत जातका पशु पाल्दै आएको कृषक, कृषक समुह वा समितिले स्थानीय तहको सिफारिसमा अनुदानमा पाउने केन्द्रले जनाएको छ ।

छिटो बढ्ने हुँदा कृषकलाई फाईदा हुने र नेपालको हावापानी सुहाँउदो भएकोले वोयर बोका खरीद रकम निकास गरिएको डा. श्रेष्ठ बताउनुहुन्छ । नश्ल सुधार गरी बाख्राको मासु उत्पादन बृद्धिका लागि खसी र बोका भारतबाट ल्याउनु पर्ने वाध्यता अत्य गर्ने उद्देश्य अनुरुप बोयर बोका ल्याउन लागिएको केन्द्रले जनाएको छ ।
गोरखापत्रबाट

Logo