शशांकलाई निधिको झापड (भिडियो सहित)

शशांकलाई निधिको झापड (भिडियो सहित)


काठमाडौं,

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नै पार्टीका महामन्त्री शशांक कोइरालालाई सार्वजनिक मञ्चवाट सांकेतिक जवाफ दिएका छन् । हिन्दूराष्ट्रको वकालत गर्दै आएका कांग्रेस महामन्त्री कोइरालालाई ‘आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको’ बताएर उनले जवाफ फर्काएका हुन् ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाएका हुन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले संविधान निर्माणको नेतृत्व गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको पनि स्मरण गराए । उनले नेपाली काँग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले काँग्रेस सोही मान्यतामा अडिग रहेको पनि तर्क गरे ।

उपसभापति निधिले राज्यलाई हिन्दु राज्य नामाकरण गराउने मान्यतामा काँग्रेस नरहेको पटक–पटक दोहो¥याए । निधीको यस्तो प्रतिबद्धतालाई भने कांग्रेसबृत्तमा समेत शशांकलाई झापड भनेर विश्लेषण सुरु भएको छ । हेरौं भिडियोमा :

 

 

Skip This
Logo