सत्य घटनामा आधारित ‘जालमा फसायौ २’ सार्वजनिक (भिडियो सहित)

सत्य घटनामा आधारित ‘जालमा फसायौ २’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं,

वास्तविक घटनामा आधारित लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशी भूमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईतीपक्ष (आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका राजाराम गौतमले बताए ।

जालमा फसायौ २ गीतबाट भएको कमाई÷रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नु भएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भूकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालिकाले संरक्षण पाईरहेका छन् ।

जालमा फसायौ २ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्की, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावन जेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्की, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।

प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जीवन बडुले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो । व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् ।

काभ्रे जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशी गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन/क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सहायक निर्देशन/सम्पादन नविन भट्टको रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावन जेको रहेको छ । लामो समयको (६ महिना भन्दा बढी) पूर्व तयारी गरी ४ दिन लगाएर शुटिङ गरिएको गित २८ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए । यस्तो छ गीतको भिडियो :

Logo