कुखुराको भालेले आक्रमण गर्दा एक महिलाको मृत्यु

कुखुराको भालेले आक्रमण गर्दा एक महिलाको मृत्यु


एजेन्सी । कुखुराको भालेले आक्रमण गर्दा मानिसको ज्यान गयो भन्दा अचम्म लाग्न सक्छ । तर अस्ट्रेलियामा भने कुखुराको भोलेले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ ।

आफैंले पालेको कुखुराको भोलेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएको छ । दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन्।

महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोरभित्र पसिन् । सोही क्रममा त्यही रहेको भालेले महिलालाई आक्रमण ग¥यो । भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेको थियो ।

अत्यधिक रगत बगेका कारण उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । भालेको आक्रमणबाट मानिसको ज्यान गएको यो भने पहिलो घटना हो । उक्त घटनाबाट प्रहरी नै चकित परेको छ । प्राय कुखुरा अहिंस्रक हुने तर पोथी कुखुरामाथि जाइलाग्न आएको हुनसक्ने भन्दै भाले कुखुराले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Logo