आइतबारदेखि विमानस्थल सात घण्टा बन्द

आइतबारदेखि विमानस्थल सात घण्टा बन्द


काठमाडौं,

आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द भएको छ । विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरण अन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो ।

‘दोस्रो चरणमा ट्याक्सी वे र लिङ्क रोड निर्माणको काम हुनेछ’ उहाँले भन्नुभयो । यो काम करिब चार महिनामा पूरा हुने उहाँले बताउनुभयो । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘रन वे लेन राइट’ पनि राखिने क्षेत्रीले जानकारी दिनुभयो ।

विमानस्थल सात घण्टा बन्द भए पनि नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा भने असर पर्ने छैन । राति साढे २ बजे ओसाका उडान गर्दै आएको निगमको उडान समयमा आधा घण्टा विमानस्थल स्तरोन्नति काम बन्द गरिने क्षेत्रीले जानकारी दिनुभयो । ‘राति दुई बजेदेखि निगमको उडानका लागि काम बन्द गर्छौं’ उहाँले भन्नुभयो ‘साढे दुई बजे उडान भएपछि काम सुरु हुन्छ ।’
गोरखापत्रबाट

Skip This
Logo