आमा भएपछि झरेको कपाललाई कसरी फर्काउने

महिलाले बच्चा जन्माएपछि उनको शरीरमा विभिन्न किसिमका परिवर्तनहरु आउने गर्छ । धेरैले अनुहारमा आएको परिवर्तनलाई मात्र ध्यान दिने गरेको हुन्छन् । तर बच्चा जन्माएपछि महिलाको शरीरमा रहेको एस्ट्रोजोन हार्मोनको स्तर घटेपछि कपाल झर्ने समस्या पनि देखिने गरेको छ । यस्तो अवस्थामा केही घरेलु उपायहरुलाई लागू गर्नु भयो भने झरेको कपाललाई रोक्नुका साथै नयाँ आउने कपाल झनै आकर्षक हुने देखिन्छ ।

अण्डाको सेतो भाग:

अण्डाको सेतो भागमा तिन चम्मा जति जैतुन (ओलिभ) को तेललाई मिलाउने । यसलाई हेयर प्याकको रुपमा कपालमा लगाउने । यो मिश्रणले कपाललाई कण्डिसनरको रुपमा काम गर्छ भने कपालमा देखिने विभिन्न किसिमका समस्याहरुलाई हटाउनुका साथै कपाललाई मुलायम, चम्किलो र सिल्कि समेत बनाउछ ।

मेथी दानाको झोल:

मेथीको दानामा कपाललाई राम्रो गर्ने बिशेष क्षमता रहेको हुन्छ । दुई तिन चम्चा मेथीलाई रात भर कुनै भाडामा भिजाएर राख्ने । बिहान उक्त मेथीलाई छानेर त्यसमा रहेको झोल पानीलाई झिक्ने । उक्त झोलले टाउकोको छालालाई छुने गरेर सबैतिर लगाउने । उक्त झोल लगाएपछि २ देखि ३ घन्टा राख्ने र सामान्य पानीले पखाल्ने । मेथीको दानाको झोलले झर्न लागेको कपाललाई झर्नवाट रोक्नुका साथै टाउकोमा रहेको चायाँको समस्यालाई हटाउछ ।

दहि:

दहि खाना शरीरलाई जति पौष्टिक पदार्थ प्राप्त हुन्छ । त्यतिनै फाइदा दहिले कपाललाई पनि गर्ने गर्छ । दहिलाई कपालको उत्कृष्ठ कण्डिसनरको रुपमा पनि लिइन्छ । यसका लागि एक कचौरा दहिलाई राम्ररी फिट्नु पर्छ । यसरी फिटेको दहिलाई कपाल र टाउकोको छालामा पर्ने गरेर राम्ररी लगाउनु पर्छ । यसरी लगाएपछि करिव १० मिनेट राख्नु पर्छ र सामान्य सफा पानीले कपाललाई धुनु पर्छ । यस्तो कार्यले कपाललाई सफ्ट बनाउनुका साथै चम्किलो समेत बनाउछ ।

नरिवलको दुध:

नरिवलको दुध पनि झर्ने कपालका लागि उपयोगि औषधि मानिन्छ । नरिवलको दुधलाई नियमित रुपमा कपालमा लगाउनाले यसले झर्न लागेको कपाललाई झर्नवाट रोक्नुका साथै नयाँ कपाल आउन पनि मद्धत गर्छ । यदी कपालमा कुनै किसिमको समस्या छैन र तपाईले नरिवलको दुध लगाउनु भयो भने कपाललाई अझ बाक्लो र चम्किलो बनाउछ ।

आमा भएपछि झरेको कपाललाई कसरी फर्काउने