ओली सरकारको फिल्म फ्लप भयो- चन्द्र भण्डारी

ओली सरकारको फिल्म फ्लप भयो- चन्द्र भण्डारी


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओलीको  फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता भण्डारीले भने, ‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।’ समाजलाई भड्काउनको लागि होली–वाइन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे । भण्डारीले भने, ‘बुद्धको मूर्ति तोडफोडको घट्ना भयो । नेपालमा के हुँदैछ ? होली वाइन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाइयो । अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरेपनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।’

अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता छ । नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यैपनि असफल नहुने तर्क गरे । उनले भने, ‘हाम्रा थुप्रै कमिकमजोरीहरु छन् । यस्तो पाराले त जुनसुकै बेला दुर्घट्ना हुनसक्छ ।’

उनले देशमा पछिल्लो समय देखिएको डेंगु संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकार गम्भिर हुनुपर्ने पनि सुझाव दिए । भण्डारीले संघीय प्रणाली आफैंमा नराम्रो नभएको जिकिर गर्दै भने, ‘यो प्रणाली आफैंमा धेरै नराम्रो होईन, तर यो धेरै महँगो भयो भन्न थालिएको छ ।’

Logo