प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, नीजि चिकित्सक नेपाल फिर्ता

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, नीजि चिकित्सक नेपाल फिर्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो । उनको उपचार आगामी साता पूरा हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको र अर्को साता पूरा हुने रिमालको भनाई छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ, ‪उहाँको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ, ‪उहाँको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ,’ रिमालले ट्वीटर मार्फत भने ।

१२ बर्ष अघि मिर्गौला प्रत्यारोपन गरेका प्रधानमन्त्री ओली नियमित परीक्षण र उपचारका लागि गत बिहीवार सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसँगै उनीसँगै गएका निजि चिकित्सक डा. शाह आज स्वदेश फर्किएकी छन् ।

Logo