गुल्मीको शान्तिपुरमा नेपाल बैंक पुनर्स्थापना

गुल्मीको शान्तिपुरमा नेपाल बैंक पुनर्स्थापना


काठमाडौं,

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैंक लिमिटेड शान्तिपुर शाखा पुनर्स्थापना गरिएको छ ।

उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेको बैकले जनाएको छ ।

सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैकिङ अभ्याससहित अघि बढिरहेको वताए ।

यस्तै, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्रीले आफनो गाउँपालिकामा बैंक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउँपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताए ।

Logo