भिडियोबाट मन्त्रिपरिषद् बैठक कति सुरक्षित ?

भिडियोबाट मन्त्रिपरिषद् बैठक कति सुरक्षित ?


काठमाडौं । सोमबार नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्यो । मृगौलाको उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट बैंठकको अध्यक्षता ग्रहण गरे । र बैंठक सम्पन्न भयो ।

जुन नेपालको सूचना प्रविधिमा नयाँ आयाम थियो । भिडियो कन्फरेन्स मार्फत बसेको मन्त्रिपरिषद् बैठक के सुरक्षित थियो त ? आम नागरिकको प्रश्न छ । प्रधानमन्त्री कार्यालयले भने भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक पूर्ण सुरक्षित रहेको दाबी गरेको छ ।

मन्त्रिपरिषद् बैठक सञ्चालन गर्दा गोपनीयतामा कुनै खतरा नरहेको प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले जानकारी दिए । उनले फेसबुकमा मार्फत एक जानकारी दिँदै मंगलबार मन्त्रिपरिषद् बैठक सञ्चालनका लागि प्रयोग गरिएको टेली प्रिसेन्स प्रविधि गोपनीयता भंग हुने खालको नभएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले लेखेको स्टाटसः

हिजो TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ । यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network) प्रयोग गरेका छौं ।

सम्मानीयज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrpyt हुन्छ । Encrypted data cloud मा जान्छ । Cloud बाट TP Server (Tele Presence) ले उक्त data ग्रहण गर्छ । त्यसपछि पुनः decrypt हुन्छ र अन्तिममा Action Room काठमाडौँ मा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णतः सुरक्षित रहन्छ ।

सुरक्षा गोपनियताको आचारसम्हिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आंट गर्न सक्दैन । यसलाई सामन्य skype call, facebook live, youtube streaming जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।

नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक (तस्बिरसहित)

Logo