पेट्रोलियम मजदुरद्वारा पेट्रोलियम सप्लाई रोक्ने चेतावनी, आन्दोलनको घोषणा

पेट्रोलियम मजदुरद्वारा पेट्रोलियम सप्लाई रोक्ने चेतावनी, आन्दोलनको घोषणा


काठमाडौँ,

पूर्व माओवादी निकट मजदुरहरुले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई रोक्ने चेतावनी दिएका छन् ।

अखिल नेपाल पेट्रोलियम मजदुर संघले विज्ञप्ती जारी गर्दै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई रोक्ने चेतवानी दिएका हुन् । अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रिय अध्यक्ष शिव पोखरेलले विज्ञप्ती माफत ११ बुँदै माग राखेर आन्दोलनका घोषणा गरिएको जानकारी गराएका छन् ।

सम्पूर्ण प्रतिष्ठान ( पेट्रोलपम्म ) सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनपर्ने , मजदुरलाई नियमित रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने, काम सुरु गरेको मिति देखि नै लागु हुने गरि तलवको १० प्रतिशत रकम सञ्चयकोषमा जम्मा गर्नु पर्ने माग रहेको छ ।

त्यस्तै सात लाख वरावर दुर्घटना र एक लाख वरावर औषधी उपचारको विमा गर्नु पर्ने, २०७५ श्रावण १ गते देखिनै लागु हुने गरि न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० कायम हुनु पर्ने, न्युनतम तलव भन्दा वढि खाईपाई आएको तलवमा ३ हजार ७ सय ५० बृद्धि गर्नु पर्ने माग रहेको छ । प्रत्येक महिना तलवको ८.३३ प्रतिशत रकम उपदान वापतको रकम दिनु पर्ने, आठ घण्टा भन्दा वढि काममा लगाउदा ओभरटाईमको सुविधा हुनु पर्ने लगायतको माग रहेको विज्ञप्तीमा उलेख गरिएको छ ।
राजधानीबाट

Skip This
Logo