पर्यटनमन्त्री भट्टराईको एक वर्षे कार्ययोजना (भिडियोमा)

पर्यटनमन्त्री भट्टराईको एक वर्षे कार्ययोजना (भिडियोमा)


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रि भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

मन्त्रि भट्टराईले आफ्नो कार्ययोजनालाई विभिन्न १० भागमा बर्गीकरण गरि १४१ वटा कामको फेहरिस्त प्रस्तुत गरेका छन् । आफ्ना कार्य योजनालाई न्युनतम १५ दिन भित्र गरिसक्ने ५ वटा काम देखि १ वर्षभित्र सक्ने र केहि बहु वर्षे कार्यक्रमलाई निरन्तरता दिने सम्मको रहेको छ ।

मन्त्रीले १५ दिन भित्र परिवर्तित अवस्थामा पर्यटकीय सेवाको गुणस्तरीयता वृद्धि गर्नेगरी होटल मापदण्ड जारि गर्ने, नेपाल भ्रमण वर्ष मनाउन १० वटा स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र अन्य आवश्यक कार्यक्रमको खाका बनाई प्रबर्द्धनात्मक कार्यक्रम गर्ने रहेको छ ।

यस्तै मन्त्रि भट्टराईले नेपाली मौलिक खानाको प्रचार प्रसारको लागि हरेक तारे होटलले नेपाली खानको छुट्टै स्टल हुनुपर्ने गरि होटल मापदण्ड बनाउने र आन्तरिक उडानमा बिग सिक्स अर्थात् ६ जना सम्माननियलाई मात्र विमानसम्म गाडी लैजान ब्यबस्था मिलाउने पनि कार्ययोजनामा राखेका छन् ।

 

Logo