माधव नेपाल भन्छन्, ‘ओलीसँगको झगडा श्रीमान श्रीमतीको जस्तै’ (भिडियोमा)

माधव नेपाल भन्छन्, ‘ओलीसँगको झगडा श्रीमान श्रीमतीको जस्तै’ (भिडियोमा)


काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यस बारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरे ।

विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए । झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासंग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

उनले भने, “नेताहरुबीच भनाभन भएछ भनेर पुर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट अत्तिनु केही पनि पर्दैन । यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन् । बाधा अवरोध हरु आउन्छन् । ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ । सामथ्र्य पनि हुनुपर्छ । यदि तपाईमा सामथ्र्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न ।”

Logo