नेकपाको प्रचण्ड–नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक शुरु

नेकपाको प्रचण्ड–नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक शुरु


काठमाडौं ।

कार्की पार्टी प्यालेस बबरमहलमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक अघि स्थायी कमिटीका चार नेताको बैठक बसेको थियो । चार स्थायी कमिटीको बैठकपछि मात्रै केन्द्रीय कमिटी बैठक बसेको हो ।

प्रचण्ड–माधव नेपाल पक्षधर नेकपा केन्द्रीय कमिटी बैठकले आज अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने यस अगाडि नै तयारी गरेका छन् ।

विहानैदेखि प्रचण्ड नेपाल समुहका नेताहरु उपाध्यक्ष बामदेव गौतम र नेता रामवहादुर थापा बादललाई बैठकमा बोलाउन निवासमै पुगेका थिए । तर गौतम र बादल दुवै पक्षका बैठकमा सहभागी नहुने बताएका छन् ।

उता ओली पक्षको बैठक भने केहीबेर अघि सकिएको छ । सो बैठकले प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।

 

Logo