सिंगापुरका प्रधानमन्त्रीको वार्षिक तलब १८ करोड

सिंगापुरका प्रधानमन्त्रीको वार्षिक तलब १८ करोड


एजेन्सी । नेपालमा राष्ट्रपतिले मासिक १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ तलब पाउँछन् । यो तलब पनि यहि साउन १ गतेबाट पाउने भएका हुन् । त्यस्तै उपराष्ट्रपतिले १ लाख २५ हजार १ सय १५ रुपैयाँ तलब पाउँछन् । भने प्रधानमन्त्रीले ९१ हजार रुपैयाँ तलब पाउँछन् । उक्त तलबको समेत चौतर्फी विरोध हुने गरेको छ । तर सिंगापुरका प्रधानमन्त्रीले भने वार्षिक १८ करोड तलब पाउँछन् भन्दा अचम्म लाग्न सक्छ ।

सिंगापुरका प्रधानमन्त्रीले मासिब झण्डै डेढ करोड रुपैयाँ तलब पाउँछन् । यो तलब अमेरिकी, चिनियाँ राष्ट्रपतिको भन्दा बढी हो । सिंगापुरका प्रधानमन्त्री ली ह्सेन लुङले वार्षिक १६ लाख अमेरिकी डलर (१८ करोड नेपाली रुपैयाँ) पाउँछन् । सिंगापुरले भ्रष्टाचार नहोस् र वौद्धिक प्रतिभा आकर्षित होऊन् भनेर मन्त्री र सरकारी अधिकारीहरूको तलब एकदम धेरै बनाइदिएको छ । त्यहाँका मन्त्री तथा सरकारी कर्मचारीले समेत एकदमै धेरै तलब पाउँछन् ।

प्रधानमन्त्रीको उक्त तलबको चर्को आलोचना भएको छ । केही दिनअघि एक ब्लग साइटमा लीको तलबबारे लेख प्रकाशित भएको थियो। उक्त लेखपछि आलोचना सुरु भएको हो । प्रधानमन्त्री र मन्त्रीहरूको तलबबारे चर्चा भएपछि प्रधानमन्त्री पत्नी हो चिङले आफ्ना पतिको तलबको बचाऊ गरेकी छन् । उनले प्रधानमन्त्रीको तलब ठीकै भएको प्रतिक्रिया दिएकी छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै होले वार्षिक रूपमा चोखो १६ लाख अमेरिकी डलर तलब जायज भएको बताएकी हुन् । अरू देशका प्रधानमन्त्रीले तलबबाहेक अन्य सुविधा पनि पाउने गरेको तर सिंगापुरमा नपाइने भएकाले चोखो तलबमा भर पर्नुपर्ने उनको तर्क छ ।

विश्वका धेरै जसो देशहरूमा पदमा होउन्जेल घरमा कामदारदेखि कपाल काट्ने मान्छेसम्म हुने, राष्ट्रिय ध्वजावाहकमा सित्तैमा टिकटदेखि पारिवारिक विदा मनाउने पैसा पनि राज्यले दिने गरेको भन्दै सिंगापुरका प्रधानमन्त्रीको विशुद्ध १६ लाख डलर तलब जायज भएको बताइन् । ली सिंगापुरका प्रधानमन्त्री बनेको १५ वर्षभन्दा बढी भएको छ । उनी सिंगापुरका निर्माता ली क्वान यूका छोरा हुन् ।

Logo