चिहानको हड्डी फुकेर राजसंस्था उल्टाउन नउफ्रिंदा हुन्छ- प्रधानमन्त्री

चिहानको हड्डी फुकेर राजसंस्था उल्टाउन नउफ्रिंदा हुन्छ- प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्माले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकलाई सम्बोधन गर्दे उनले राजसंस्थाको वकालत गर्ने हरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका हुन् । प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उनले लोकतन्त्र रक्षाका लागि सरकार मैदान उत्रने बताए ।

उनले भने “ती शक्तिहरु जीउदै हुदा तीनलाई हामीले ठेगान लगाएका हौ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ । यो बेमौसमी बाजा नबजाए हुन्थ्यो ।” उनले राजसंस्थावादीहरुलाई नहौसिन पनि चेतावनी दिए ।

उनले भने, “अहिलेको सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ । सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउँछु भन्ने , प्रतिगमन गर्छु भन्ने , संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन । म खुलस्त भन्न चाहन्छु संविधान लोकतन्त्र , गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु सरकारको उदारताबाट त्यस्ता क्रियाकलाप संचालन गर्ने तत्वहरु नहौसिय हुन्छ । ”

केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न पनि उनले सबैलाई सचेत गराए । प्रधानमन्त्री ओलीले एक साता भित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता पनि जनाए ।

Logo