शिक्षण अस्पतालको पाँचौं तलामा आगलागी

शिक्षण अस्पतालको पाँचौं तलामा आगलागी


काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको पाँचौ तलामा आगलागी भएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको हो ।

करिब साँझ सात बजेतिर लागेको आगो काठमाडौं महानगरपालिकाबाट आएका तीन दमकलको सहयोगमा प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृति विवरण आउन बाँकी छ ।

यसअघि साउन २२ गते बालुवाटास्थित सुविसु केवल नेटवर्कको भवनमा भीषण आगलागी भएको थियो । भवनमा भण्डार गरिएको राखिएको करिब दुई हजार लिटर पेट्रोलमा आगो सल्किदा बढी क्षति भएको थियो ।

Logo