आइएसटी कलेजमा थपियो नयाँ आकर्षण (भिडियोसहित)

आइएसटी कलेजमा थपियो नयाँ आकर्षण (भिडियोसहित)


टुरिजम र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट अर्थात ‘आइएसटी’ कलेजले अर्को नयाँ आकर्षण थपेको छ । उसले थपेको आकर्षण हो, ब्याचलर इन टुरिजम म्यानेजमेन्टको अध्ययन । नयाँ प्रोग्रामसँगै अर्कोपनि आकर्षण थपेको छ, क्यूएए सर्टिफिकेट ।

साल्जर्बग युनिर्भसिटी अफ अपलाइड साइन्स, अस्ट्रियाबाट सम्बन्धन प्राप्त आइएसटी कलेजले १५ बर्ष लामो शैक्षिक इतिहास बोकेको छ । नेपालमै पढेर युरोपियन ‘डिग्री’ प्राप्त गर्न चाहानेहरुकालागि पनि आइएसटी अध्ययन सुबर्ण मौका हो । प्लस टु र ब्याचलर लेभलको अध्ययन अध्यापन गराउँदै आएको यस कलेजको उद्धेश्य नै अन्तर्राष्ट्रिय स्तरको हस्पिटियालिटी एजुकेशन दिनु रहेको छ ।

यस कलेजको अर्को उद्धेश्य भनेको विद्यार्थीलाई व्यवहारिक, म्यानेजरियल र उत्कृष्ट कम्युनिकेशन स्किलको विकास गराउनु पनि हो ।
यस कलेजको आकर्षक बिल्डिङभित्र ‘वेलइक्यूप’ कक्षा कोठा, बेकरी, एक्सक्लुसिब ३६० बार, पिएसएम ल्याब, सुविधायुक्त प्रयाक्टिकल किचेन, प्रयाक्टिकल ल्याब, पुस्तकालय, कम्प्युटर ल्याब, लगायतका सम्पूर्ण सुविधाहरु उपलब्ध छन् ।

नेपालमा एब्रोड स्टडिजको नयाँ सोच भित्र्याउने कलेजको रुपमा समेत परिचित आइएसटीले विद्यार्थीहरुलाई प्राक्टिकलको शिलशिलामा चीन, भारत, दुबाई, मलेशिया लगायतका प्रसिद्ध देशहरुमा पठाउँदै आएको छ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामाग्री

Logo