‘राजनीतिक अस्थिरताले कोरोनाले शिथिल भएको अर्थतन्त्रमा थप संकट ल्याउँछ’

‘राजनीतिक अस्थिरताले कोरोनाले शिथिल भएको अर्थतन्त्रमा थप संकट ल्याउँछ’


काठमाडौं ।

देशको पछिल्लो राजनितिक घटनाक्रमले नेपाली उद्योग व्यवसाय क्षेत्रमा नकरात्मक असर पर्ने तथा अर्थतन्त्रमा थप संकट ल्याउने भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिन्ता व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले आर्थिक विकासमा सरकार निजी क्षेत्र मिलेर कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र माथि उकास्नु पर्ने अवस्थामा राजनीतिक अस्थिरताले अर्थतन्त्रमा थप संकट पर्ने बताएका छन् ।

महासंघद्वारा जारी विज्ञप्तिमा ‘देशमा घटेका पछिल्ला राजनीतिक घटनाक्रमले पुनः राजनीतिक अस्थिरता निम्तने देखिएको छ, कोरोना भाइरस (कोभिड(१९) का कारण शिथिल बनेको अर्थतन्त्र उकास्नु पर्ने र उद्योग व्यवसायहरु बचाउने पर्ने समयमा घटेको यो दुर्भाग्यपूर्ण परिस्थतिप्रति नेपाल राष्ट्रय व्यवसायी महासंघ अत्यन्तै दुःख व्यक्त गर्दछ’ भनिएको छ ।

करिव दुई तिहाई बहुमतसहितको सरकार बनेको अवस्थामा राजनीतिक नभई आर्थिक मुद्दाले प्राथमिकता पाउनु पर्नेमा त्यो हुन नसकेको महासंघको ठहर छ । यस्ता घटनाक्रमले मुलुकको अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने भन्दै यसतर्फ पनि सोच्न महासंघले सबै राजनीतिक दलहरुसँग आग्रह समेत गरेको छ ।

‘राजनीतिक अस्थिरतासँगै उद्योग व्यवसायमैत्री नीति निर्माणमा राज्यको ध्यान नहुने चिन्ता थपिएको छ, यसले मुलुकको अर्थतन्त्रमा निकै ठूलो असर पर्ने पक्का भएको महासंघ अध्यक्ष कटुवालले बताएका छन् ।

त्यस्तै,महासंघले देशमा नाराजुलुस, बन्द, हड्ताल होइन शान्तिपूर्ण रुपमा उद्योग व्यवसाय सञ्चालन भइरहने वातावरण सिर्जनाका लागि सम्पूर्ण राजनीतिक दलहरुसँग अनुरोध पनि गरेको छ ।

Skip This
Logo